जनचाहना न्युज
तनहुँ २२ भदौ
जिल्लाको व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस संचालक समिति सदस्यमा बाह्र जना सर्वसम्वत चयन भएका छन् । क्याम्पस संचालक तर्फ नौ र पुस्तकालय सल्लाहकार समितिमा तीन गरी उनीहरु सदस्य पदमा सर्वसम्वत चयन भएका हुन् ।
यसरी सर्बसम्वत चयन हुनेमा समितितर्फ खरसिं दरै,चिज बहादुर दरै,सरिता थापा,कल्पना पोख्रेल,सुशिला शर्मा,होम रसाइली,सिर्जना तिवारी,क्या.सुर्ज कुमार मल्ल र बुद्धिमान श्रेष्ठ चयन भएका छन् । सर्वसम्वत चयन हुनेमा दलित,आदिवासी जनजाति, अपांगता, अल्पसंख्यक,जग्गादाता लगायतका कलष्टर क्षेत्रबाट रहेका छन् ।
त्यसैगरील पुस्ताकालय सल्लाहकार समितिमा प्रेम राउत,हेम पौडेल र निरबहादुर मल्ल ठकुरी सर्वसम्वत चयन भएको छन् । खुल्ला सदस्यतर्फ सात जनाको लागि सत्र जनाले उम्मेद्वारी दिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । आन्तरिक लेखा समितिमा चार जना बीच प्रतिस्पर्धा हुने छ ।
बुधबार मतदान सकिएपछि साँझ ६ बजेदेखि मतगणना कार्य शुरु गरिएको छ । उक्त निर्वाचनमा कूल आठ सय पन्चानब्बे मतदाता रहेकामध्ये छ सय सैतिस मत खसेको प्रबन्ध समिति संयोजक त्रैलोक्य वाग्लेले जानकारी दिए । उक्त सदस्यहरुबाट क्याम्पस संचालक समितिको अध्यक्ष चयन गर्ने प्रावधान रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij