Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि क्याम्पस संचालक समितिको अध्यक्षमा खनालको दाबी,मत परिणाम सार्वजनिक, सात जना निर्वाचित 

  • 634
    SHARES
  • 634 Shares
  • जनचाहना न्युज 
    तनहुँ २२ भदौ 
    जिल्लाको व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस संचालक समितिको खुल्ला तर्फ सात जना निर्वाचित भएका छन् । 
    बुधबार भएको निर्वाचनमा सात जना सदस्य पदका लागि सत्र जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा सबैभन्दा बढी मत मोहन गिरीले ४६१ र लक्ष्मीभक्त खनालले ४५२ मत पाउनुभएको छ । त्यसैगरी,अपार पौडेलले ३९४,प्रदीप काफ्लेले ३१६,सहबीर उचै ठकुरीले २९९,डा.ईश्वरचन्द्र वाग्लेले २९३ र बिष्णु बहादुर बस्नेत २५८ मत पाएर बिजयी भएका छन् । निर्वाचित भएसंगै संचालक समितिको अध्यक्ष पदमा लक्ष्मीभक्त खनालले दाबी गरेका छन् । मैले शुरु देखि नै अध्यक्ष पदमा दाबी गर्दै आएको खनालले बताए ।  
    आन्तरिक लेखा समितिमा तीन जनामा चार जनाको प्रतिस्पर्धा भएकोमा बिबेक भट्टराई ४४६,ठाकुर दरै ४४१ र सोमराज सिग्देलले ४०६ मत पाएर बिजयी भएका छन् । निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्ष चयन गर्ने प्रावधान रहेको   छ । 
    त्यसैगरी दलित, आदिवासी जनजाति, अपांगता,जग्गादाता लगायतका कलाष्टर क्षेत्रबाट बाह्र जना सर्वसम्वत चयन भएका छन् । 
    क्याम्पस संचालक समितितर्फ नौ जना र पुस्तकालय सल्लाहकार समितिमा तीन जना गरी उक्त सदस्य पदमा सर्वसम्वत चयन भएका हुन् । 
    समितितर्फ खरसिं दरै,चिज बहादुर दरै,सरिता थापा,कल्पना पोख्रेल,सुशिला शर्मा,होम रसाइली,सिर्जना तिवारी,क्या.सुर्ज कुमार मल्ल र बुद्धिमान श्रेष्ठ चयन भएका छन् ।  
    त्यसैगरी पुस्ताकालय सल्लाहकार समितिमा प्रेम राउत,हेम पौडेल र निरबहादुर मल्ल ठकुरी सर्वसम्वत चयन भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उक्त निर्वाचनमा कूल आठ सय पन्चानब्बे मतदाता रहेकामध्ये छ सय सैतिस मत खसेको प्रबन्ध समिति संयोजक त्रैलोक्य वाग्लेले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार