Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अभिभावकको ढाड सेक्दै ‘जलदेवी’,कक्षा १२ को ग्रेडबृद्वि परीक्षा शुल्क रु.एक हजार ! 

  • 640
    SHARES
  • 640 Shares
  • जनचाहना न्युज 
    तनहुँ २७ भदौ 
    व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयले कक्षा १२ को ग्रेडबृद्वि परीक्षा शुल्क रु.एक हजार लिएको खुल्न आएको छ । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा प्रति प्रशिक्षार्थीले रु.६०० शुल्क बुझाउनुपर्ने व्यवस्था रहेपनि उक्त विद्यालयले यो वा त्यो बहानामा अभिभावकको ढाड सेक्ने काम गरेको हो ।
    एक वा दुई बिषयमा ननग्रेड आएका विद्यार्थीले ग्रेडबृद्विको लागि पुन ः परीक्षा दिनको लागि फर्म भर्नुपर्ने हुन्छ । (पुरक परीक्षा) ग्रेडबृद्वि नगरिए उच्च शिक्षा अध्ययन गर्न नपाउने हुँदा अनिवार्य ग्रेडबृद्विका लागि परीक्षामा सहभागि हुनुपर्ने व्यवस्था गरेको छ । । 
    विद्यालयले शिक्षकको यातायात, यसोउसोमा गरी खर्च हुने भएकोले बढाएर शुल्क लिने गरिएको विद्यालयका प्रधानाध्यापक जयराम सेढाईले जानकारी दिए । 
    पहिले देखि त्यही नै चलन रहेछ,उनले भने,एक दुई÷सय बढाएर लिने गरिएको छ । शिक्षक आतेजाते,टिएडिए,फाराम बुझाउन जानुपर्यो,लिन जानु पर्यो, ५÷७ जना विद्यार्थीले फाराम भरेकाले पहिले देखि लिदै आए अनुरुप नै विद्यार्थीसंग शुल्क लिने गरिएको उनले बताए । 
    नेपाल राष्ट्र बैक,राष्ट्रिय बाणिज्य बैक मार्फत भौचर भरेर प्रति विद्यार्थी विद्यालयले रु.६०० दस्तुर बुझाउनुपर्ने हुन्छ । गरीब,दलित,मजदुरका विद्यार्थीको बाहुल्यता रहेको यस विद्यालयमा परीक्षा बोर्डमा बुझाउनुपर्ने शुल्कमा थोरै शुल्क थप गरेर भएपनि विद्यालयले सेवा दिन सकिने हुँदाहुदै प्रति विद्यार्थी रु.४०० बढी लिएर अभिभावकलाई आर्थिक भार थप्ने कार्य गरेको गुनासो आएको छ । 
    दमौली बजार आसपासका अन्य विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुपको शुल्क लिने गरेको बुझिएको छ । प्रति विद्यार्थी सिंगल दस्तुरमा रु.६०० र दोब्बर दस्तुरमा रु.१२०० लिने गरिएको व्यास–१ कै निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । 
    समय अवधि भित्र विद्यार्थी आए रु.६०० सय शुल्क लिने गरेको उनले बताए । 
    त्यसैगरी,व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले पनि परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीसंग शुल्क लिएको विद्यालयले जनाएको छ । प्रतिव्यक्ति रु.६०० लिने गरेको विद्यालयका प्रधानाध्यापक एक बहादुर गुरुङ्ग जानकारी दिए । 
    त्यसैगरी व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले विद्यार्थी भर्ना,पढाई,लाइब्रेरी,कम्युटर शिक्षा लगायतमा नि ः शुल्क प्रदान गर्दै आएको बताए । 
    विद्यालयले अनिवार्य बिषयका पुस्तकमा समेत निशुल्क प्रदान गर्दै आएको सो विद्यालयले जनाएको छ । 
    कक्षा १२ को पुरक परीक्षको लागि प्रति विद्यार्थी रु.६०० शुल्क लिने गरेपनि शिक्षक परीक्षा बोर्डमा गएर फाराम ल्याउने र बुझाउन जानुपर्ने भएकोले थोरै शुल्क बढाएर लिने कि भन्ने बिषयमा छलफल भैरहेको उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार