Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रोटर्‍याक्ट क्लब अफ दमौलीको सहयोगमा बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री

  • 263
    SHARES
  • 263 Shares
  • तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लाको व्यास १ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका फरक क्षमतामा बालबालिका सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । सो अवसरमा क्लबले विद्यार्थीलाई जाडोमा लगाउने निलो स्विटर, शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको क्लबका सचिव किरण श्रेष्ठले बताए ।

    कार्यक्रमको प्रमुख अतिथि व्यास १ का वडाअध्यक्ष रमेश चन्द्र हड्खले रहेका थिए । सो अवसरमा प्रमुख अतिथि हड्खलेले फरक क्षमता अध्ययन गर्ने विद्यालयलाई संघिय सरकार र स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने बताए । उनले अगाडी भने पूर्वाधार तयार गर्न बजेटको समेत व्यवस्था गर्नुपर्छ । वडाको तर्फबाट समेत सो विद्यालयलाई सानो रकम भएपनि विनियोजन गरेको उनले जानकारी दिए । यस्तै सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले धर्म भनेको नै बालबालिकाको सेवा भएको बताए । आफु सो विद्यालयलाई जिल्लाकै मावि बहिरा विद्यालय बनाउने लक्ष्यका साथ अघि बढेको अध्यक्ष बस्नेतले बताए । राज्यको ध्यान कम पुगेको बस्नेत बताउछन । उनले थपे १६ वर्ष अघिको जति नै बजेट अहिले पनि उही रहेको छ । समय र महंगी अनुसार बजेट नबढ्दा सरकारले दिएको पैसाले ५० प्रतिशत मात्रै बालबालिकाको आवश्यकता पुरा हुने र आधा दाताकै भर पर्नु परेको अध्यक्ष बस्नेतले गुनासो गरे ।

    त्यस्तै विद्यालयका प्रधानाध्यापक भैरव पन्थले क्लबले परोपकारी काम गरेको बताए । उनले भने क्लबले गर्ने सहयोग निरन्तर    रहोस ।सोही अवसरमा क्लबले म्याग्दे ७ का क्यान्सर पिडित बिरेन्द्र पौडेललाई उपचारका लागी ११ हजार रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष श्रीराम गन्धर्व र संचालन क्लबका सचिव किरण श्रेष्ठले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार