जनचाहना न्युज
तनहुँ ३१ भदौ
जिल्लाको क्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राही सहज रुपमा सूचना पु¥याउन ‘पारदर्शी भित्तो’ संचालनमा ल्याएको छ ।
नगरपालिकामा भए गरेका काम तथा बिभिन्न गतिविधीका बारेमा सहज रुपमा सेवाग्राहीलाई सूचना दिने उद्वेश्यले ‘पारदर्शी भित्तो’ संचालनमा ल्याएको हो ।
केही दिनअघि नागरिकमैत्री र उत्तरदायी सेवा प्रवाहमा सेवा प्रवाह संचालन केन्द्र सन्चालन गरि सेवा दिन थालेपछि यस नगरपालिकाले चर्चा कमाउन सफल भएको थियो ।
उक्त कार्य प्रभावकारी हुने देखिएपछि जिल्लाका अन्य केही पालिकाहरुले अबलम्वन गरी सेवा प्रदान गर्न थालेको पाइन्छ । रदर्शी भित्तोलाई व्यवस्थित गर्न र नगरमा भएका गतिविधी सेवाग्राहीलाई जानकारी दिनको लागि पारदर्शी भित्तो स्थापना गरिएको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।
पारदर्शी भित्तोमा छुट्टा–छुट्टै शीर्षकमा सूचना टाँस गरि सेवाग्राहीलाई सूचित गर्ने कार्यको शुरुवात गरिएको छ । शुक्लागण्डकी नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधीहरुको १०० दिन पुगेको अवसरमा उक्त कार्यको थालनी गरिएको हो ।
कार्यालयमा हुने मासिक आयव्यय,दैनिक हुने सूचना कार्यक्रम प्रकाशन,बैठकका निर्णय विविध लगायतका शीर्षक राखेर भित्तोमा टाँस गर्ने गरिएको शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले जानकारी दिए ।
पारदर्शी भित्तोलाई व्यवस्थित गर्न र नगरमा भएका गतिविधी सेवाग्राहीलाई जानकारी दिनको लागि पारदर्शी भित्तो स्थापना गरिएको हो ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पढ्न र हेर्न सहज वातावरण सिर्जना गरिएको छ । नगरपालिकामा भएका कामलाई पारदर्शि बनाएर सेवाग्राहीसम्म पुराउने लक्ष्य अनुरुप उक्त कार्यको थालनी गरिएको शुक्लागण्डकी नगरपालिकाकाप्रमुख प्रशासकीय अधिकृत लिलावल्भ न्यौपानेले जानकारी दिए ।
अहिले नगरपालिकामा सेवा लिन आएका मानिसहरुलाई एकपटक पारदर्शी भित्तो अवलोकन गरेर मात्रै फर्किने बानी परिसकेको सो नगरपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij