विविश्रेष्ठ
जनचाहना न्युज
म्याग्दे गाँउपालिकाले ७ वटै वडा भित्र रहेको उपभोक्ता समिति र टोल विकास समितिका अध्यक्षलाई अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७९।८० मा संचालनहुने योजनाहरुको उपभोक्ता समिततिका पदाधिकारी र ८३ वटा टोलका अध्यक्षहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम प्रदान गरेको हो । यहि भाद्र २५ गते वडा नं १ वाट संचालन भएको सप्ताहव्यापी अनुशिक्षण कार्यक्रम ३१ गते वडा नं २ को वडा कार्यलयमा सम्पन्न भएको छ । पालिकाभित्रका उपभोक्ता समितिका अध्यक्ष र सचिवका साथै ८३ टोल कमिटीका अध्यक्ष गरि ६३८ जनालाई तालिम दिईएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

अनुशिक्षण कार्यक्रममा यस आर्थिक वर्ष ०७९।०८० मा परेका योजना छनौट, यसका प्रकृति, सहभागिता र महत्वका वारेमा केन्द्रित गरिएको थियो । योजना छनौट हुने तर समयमाउपभोक्ता समिति सम्झौता गर्न नआउने र आएपनि आर्थिक वर्षको अन्त्यमा आउँदा योजना नै अलपत्र पर्ने, गुणस्तर नहुने र रकम नै फ्रिज हुने समस्यालाई रोक्नका लागि उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रम दिईएको अधिकारीले बताए ।
योजनाका नितिगत योजना र कार्यन्वयनकावारेमा समितीहरुलाई अधिकृत अधिकारीले जानकारी गराएका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वडास्तरको वजेट, पालिका, प्रदेश र केन्द्रिय वजेटमा परेका योजनाका प्रकृति, यसको कार्यन्वयनका चरण देखि सम्झौता र रकम निकासा सम्मका वारेमा उपभोक्तालाई जानकारी गराएका थिए । योजना परेदेखि नै यसको प्रक्रिया नजान्दा उपभोक्ताले हैराने ब्यहोर्नु परेको पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । अनुशिक्षण कार्यक्रमले उपभोक्तालाई सहजीकरण गरेको र यसको कार्यन्वनमा सहयोग पुगेको उपाध्यक्ष घिमिरेले बताए । यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मुख्य समस्या नै योजनाको कार्यन्वय नभएको बताए । धेरैजसो उपभोक्तालाई प्रक्रिया नजान्दा हैरान ब्योर्हनु परेको र सम्झौता भई हाले प्राविधिकपक्ष र कानुनीपक्षको जटिलताले झन्झट थपेको बताए । त्यस माथी पनिउपभोक्ता समितीका सवै क्रियाशिल नहुँदा योजनाको गुणस्तर नभएको बताए । योजना पर्नु ठुलो हैन, यसको गुणस्तरीय कार्यन्वयन महत्वपुर्ण पाटो हुँदा यो अनुशिक्षण कार्यक्रमले उपभोक्ता र गाँउपालिकालाई उर्जा मिलेको उनले बताए ।
कार्यक्रममा योजनका प्राविधिक पक्षका वारेमा शाखा प्रमुख शिव ज्ञवाली, ईन्जिनियर रोमन पण्डितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । यसैगरि योजना शाखा प्रमुख श्रीराम खनालले सम्झौताका चरणका वारेमा प्रकाश पारेका थिए । यसैगरि योजना सम्पन्न हुने र भुक्तानीमा आईपर्ने समस्याका वारेमा लेखा अधिकृत नवराज पोख्रेल र लेखापाल शिवजी थापाले प्रशिक्षण दिएका थिए । हरेक वडामा संचालन भएका उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रमको अध्यक्षता सोही वडाका वडाध्यक्षको अध्यक्षतामा संचाल भएको थियो भने संचालन योजना शाखाका प्रमुख श्रीराम खनालले सहजीकरण गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij