Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एक सय बिद्यार्थी भन्दा कम भएका विद्यालयमा प्रत्यक्ष कक्षा संञ्चालन,मध्यान्तर बिदा गर्न नपाइने निर्देशन

  • 456
    SHARES
  • 456 Shares
  • व्यासनगरपालिका कार्यालयले आगामी आइतबार देखि एक सय भन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्यक्ष कक्षा संञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ का कारण प्रभावित भएको सिकाई प्रक्रियालाई निरन्तरता दिन नगरपालिकाको गत मंगलबार बसेको बैठकले उपयुक्त बैकल्पीक माध्यमको प्रयोग गरी बालबालिकाहरुलाई पठनपाठनमा निरन्तरता दिने गरी उक्त निर्णय गरेको हो । बालबालिकालाई सकभर बैकल्पीक विधि अनलाइन कक्षा र सम्भव नभए  एक सय भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुई बजेसम्म कक्षा संञ्चालन गर्न अनुमति दिएको छ । दिउँसो दुई बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा संञ्चालन गर्ने र मध्यान्तर बिदा नगर्न नगरपालिकाले निर्णय गरेको छ । 
    एउटा कक्षा कोठामा २५ जना भन्दा बढी नरहने गरी विभिन्न समुह वा वा जोर बिजोर,आलोपालो,गरी बढीमा चार घण्टा मध्यान्तर नहुने गरी कक्षा संञ्चालन गर्न निर्देशन दिइएको व्यासनगरपालिकाका शिक्षा शाखाका उपसचिव नगेन्द्र प्रसाद रेग्मीले बताउनुभयो । विद्यालय संञ्चालन हुँदाको समयमा विद्यालयमा सरसफाई, शौचालय, मास्क, सेनिटाइटर, साबुन पानी लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवस्था मिलाउन भनिएको छ ।  विद्यालयको सवारी साधान प्रयोग हुने भएमा एक सिटमा  एक जना मात्र विद्यार्थी रहने गरी सवारी साधान चलाउने,नगरपालिलका,शिक्षा तथा सामाजिका विकास शाखा,स्वास्थ्य तथा जनसंख्या शाखा,वडा कार्यालयबाट निरन्तर अनुगमन गरिने व्यवस्था रहेको छ । नगरपालिकाले जारी गरेको निर्देशन पालना नभएको पाइएमा कक्षा संञ्चालन बन्द समेत गर्न सकिनेछ । उहाँले भन्नुभयो ‘कुनै शिक्षक वा विद्यार्थीमा संक्रमणको शंका भएमा तत्काल विद्यालय नजिकको स्वास्थ्य संस्था इकाईमा सूचना गर्न आग्रह गरिएको छ ।’ विद्यालय व्यवस्थापन समिति,शिक्षक,कर्मचारी,स्टाफ र विद्यार्थी प्रतिनिधी बीच आपसी परामर्श समन्वयमा थप सचेतना र सावधानी अपनाएर कामकाज संञ्चालन गर्न आग्रह गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार