Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चारकुने टोल विकास संस्थाको अध्यक्षमा पण्डित

  • 402
    SHARES
  • 402 Shares
  • ज्नचाहना न्युज 
    तनहुँ ३ असोज 
    चारकुने टोल विकास संस्थाको अध्यक्षमा सुदिप पण्डित सर्वसम्वत चयन भएका छन् । संस्थाको सोमबार सम्पन्न ८ औ अधिवेशन तथा २२ औ साधारण सभाले  पण्डितको अध्यक्षामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । 
    संस्थाको उपाध्क्षमा भगवति पण्डित,सचिवमा सुरेश आचार्य,सहसचिवमा कल्पना राई,कोषाध्यक्षमा एस.बि.नेपाली चयन भएका   छन् । त्यसैगरी सदस्यहरुमा इन्दिरा थापा,रामचन्द्र आचार्य,युवराज भण्डारी,नारायणी सापकोटा चयन भएका छन् भने दुई सदस्य पछि मनोनित गरिने छ ।

    hadkhale 33.jpg


    चारकुने टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिका १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले,वडासदस्य मणिजंग बस्नेत, नेकपा एमालेका युवा नेता निर्मल पण्डित, चारकुने टोल विकास संस्थाका निबर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसी,जेष्ठ नागरिकको तर्फबाट गणेश जिसी लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार