जनचाहना न्युज
व्यास नगरपालिका १ स्थित माईली डाँडा टोल विकास संस्थाद्वारा सोही वडा निवासी अटो टेम्पो चालकलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ । जिल्लामै पहिलो दाबी गरिएको स्थानीय महिला श्रीधरा थापा मगरलाई उक्त टोल विकास संस्थाले सम्मान गरेको हो । माईली डाँडा टोल विकास संस्थाको नियमित मासिक बैठकको अवसरमा व्यास नगरपालिका वडा नम्बर १ का वडा सदस्य सुनिता सुनारको प्रमुख आतिथ्यता एवं नेशनल एपोलो हस्पिटल, दमौलीमा कार्यरत डा.भुगोल प्रसाईं,नेशनल एपोलो हस्पिटल संचालक चूडामणि दाहाल लगायतको सहजिकरणमा टोलबासीलाई लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग डेङ्गुको विषयमा अभिमुखिकरण कार्यक्रम समेत गरिएको टोलका अध्यक्ष श्रीराम गन्धर्बले जानकारी दिए ।

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij