काठमाडौं ६ असोज
नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउनुपर्ने मागसहित राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनिल रन्जन सिंहले दर्ता गराएको रिटमा शुक्रवार ९असोज ७ गते० पेशी तोकिएको छ । प्रतिनिधि सभाबाट दुई पटकसम्म पारित गरेर पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व पूरा गराउन परमादेशको मागसहित रिट निवेदन दर्ता गरिएको सिंहले बताए । ‘यदि प्रमाणीकरण नगर्ने भनेर कुनै निर्णय गरिएको हो भने सो निर्णय बदर गर्दै प्रमाणीकरण गर्नका लागि परमादेशको माग सहित रिट दिएका छौँ’, सिंहले भने । लोकन्तर