जनचाहना न्युज
तनहुँ ७ असोज फाइल तस्बीर ः
जिल्ला प्रहरी कार्यालय तनहुँले पुर्व सुरक्षाकर्मी तथा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षार्थ खटिएका म्यादी प्रहरीलाई अन्र्तवार्ता परीक्षामा मात्र सहभागि गराउने भएको छ ।
भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त लिइएका अन्य उम्मेद्वारको हकमा भने स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको लागि कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी सो कुराको जानकारी गराएको हो ।
असोज ९ गते देखि १२ गतेसम्म स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने भएको छ । उक्त परीक्षाको लागि व्यास नगरपालिका ५ पाटन खेलमैदानमा स्थान तोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्मा जानकारी दिए ।
असोज ९ गते आइतबार बिहान ७ बजेदेखि ०१ देखि ४०० सम्म पहिलो सिफ्ट,४०१ देखि ८०० सम्म दोस्रो सिफ्ट तय गरिएको छ । त्यसैगरी असोज ११ गते ८०१ देखि १३०० सम्म पहिलो सिफ्ट,१३०१ देखि १६०० सम्म दोस्रो सिफ्ट रहेको छ ।
त्यसैगरी १२ गते १६०१ देखि १८५० पहिलो सिफ्ट,१८५१ देखि २१९८ सम्म दोस्रो सिफ्टमा स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका रहेको छ ।
उक्त परीक्षामा सहभागि हुनका लागि उम्मेद्वारहरुले प्रहरी कार्यालयबाट उपलव्ध गराइएको प्रवेश पत्र र नागरिकता सक्कल साथमा लिइ आउन प्रहरीले सूचित गरेको छ ।
लिखित परीक्ष असोज १४ गते शुक्रबार बिहान १० बजेदेखि हुनेछ । अन्तरवार्ता परीक्षाका लागि लिखित परीक्षाको नतिजा प्रकाशन संगै अर्को सूचना प्रकाशित गरिने तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij