Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एनसीसी बैकद्वारा वडामा पुगेर जेष्ठ नागरिकलाई भत्ता बितरण 

  • 192
    SHARES
  • 192 Shares
  • जनचाहना न्युज 
    तनहुँ ९ असोज 
    एनसीसी बैंक दमौली शाखाले व्यास–१३ का जेष्ठ नागरिकलाई वडामा पुगेर भत्ता बितरण गरेको छ । नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा वडा कार्यलयमै पुगेर भत्ता बितरण गरेको हो । 
    अन्य समयमा बैंकमै आएर भत्ता लिने जेष्ठ नागरिकहरू यसपटक वडामै भत्ता लिन पाउँदा  खुशी भएका छिन् । जेष्ठ नागरिकहरूलाई सजिलो होस भनेर वडा कार्यलयमा पुगेर भत्ता बितरण गरेको बैंकका शाखा प्रमुख सुजन खनालले बताए ।  
    बैंकमा करिब ६ सय जना जेष्ठ नागरिकहरू भत्ता लिन आउने गरेका भएपनि वडामा २ सय ७८ जनालाई मात्रै भत्ता उपलब्ध गराउन सकिएको प्रमुख खनालले बताए । 
    सामाजिक उत्तरदायित्व को भावना अनुसार दसैंको मुखैमा बैंक मै व्यस्त हुनुपर्ने समयलाई मिलाइ वडामा तीन जना कर्मचारी खटाए काम गरेको बैंकले जनाएको छ । वडा मार्फत भत्ता रकम बुझ्न पाउँदा सहज हुनुका साथै जेष्ठ नागरिक खुशी छाएको वडाध्यक्ष बसन्त आलेले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार