Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बन्दीपुरमा एक बिद्यालय,एक कम्प्युटर अभियान,१८ बिद्यालयमा कम्प्युटर प्रदान

  • 222
    SHARES
  • 222 Shares
  • जनचाहना न्युज 
    तनहुँ ९ असोज
    बन्दीपुर गाउँपालिका कार्यालयले एक बिद्यालय,एक कम्प्युटर अभियान अन्र्तगत अठ्ठार वटा बिद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि गाउँपालिका कार्यालयले कम्प्युटर प्रदान कार्यलाई अघि सारेको हो । गाउँपालिका भित्र रहेका एकतिस वटा सामुदायिक विद्यालयमध्ये यस चालु आवमा बाह्र र गत आवमा छ वटा कम्प्युटर प्रदान गरेको हो ।  
    बाँकी रहेका तेह्र वटा विद्यालयलाई पनि क्रमश ः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।  शैक्षिक गुणस्तरीयताको आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
    पालिकाका सबै जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलो आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । 
    एक बिद्यालय एक विज्ञान प्रयोगशाला विकासको अवधारण अनुरुप क्रमश ः सबै विद्यालयहरुमा बिस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उनले बताए । 
    गाउँपालिका कार्यालयले सामुदायिक विद्यालयलाई अपांगमैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाई कार्यलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिदै आएको छ । 
    गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिकामा मर्मत सम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । 
    आधारभूत तहसम्मको शिक्षालाई प्रबद्र्धन गरी बिपन्न,कमजोर तथा पिछाडिएका बर्गका बालबालिकालाई बिद्यालय पहुँचमा पुराउन विपन्न लक्षित कार्यक्रम संञ्चालन गरिएको छ । 
    गाउँपालिका भित्र रहेका गरीब तथा जेहेन्दार कक्षा १२ उर्तिण गरेका छ जना विद्यार्थीलाई बार्षिक रुपमा छात्राबृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । 
    प्राविधिक शिक्षालाई प्राथामिकता दिदै गाउँपालिकाका सबै सामुदायिक बिद्यालयहरुका दिवा खाजाको कार्यक्रमलाई निरन्तरता दिदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । शैक्षिक सुधारका लागि एकाई परीक्षाको नीति लिएर अघि बढिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार