चितवन ९ असोज
चितवनको भरतपुर महानगरपालिका(१२ नौरङ्गेमा जंगली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते बिहान ६ बजे मर्निङवाक् जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बँदेलले आक्रमण गर्दा घाइते भएका ४० वर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । पेटमा गहिरो चोट लागेका बिकको शरीरका अन्य भागमा समेत चोट लागेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij