जनचाहना न्युज
तनहुँ १४ असोज
जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । मंसिर ४ गते हुनगईरहेको प्रतिनिधी तथा प्रदेश सभासदस्य निर्वाचनलाई मध्यनजर गर्दै हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष,भयरहित र बिश्वासनीय वातावरणमा सम्पन्न गराउन जिल्लाभित्र रहेका इजाजत प्राप्त सबै हातहतियार निर्वाचन पश्चात फिर्ता हुने गरी ०७९ कार्तिक ४ गतेसम्म बुझाउन सबैमा सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । आफुलाई पायक पर्ने नजिकको प्रहरी इकाईमा बुझाई सहयोग गरिदिन सूचना जारी गरिएको उनले बताए ।
