Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिका ११ शेराका अपाङ्गता र एकल महिलालाई खाद्यान्न तथा आर्थिक सहयोग

  • 255
    SHARES
  • 255 Shares
  • जनचाहना न्युज 
    तनहुँ १८ असोज 
    व्यास नगरपालिका ११ शेराका अपाङ्गता र एकल महिला गरी सात घरपरिवारलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको छ । नेपालीहरुको महान पर्व बडा दशैलाई मध्यनजर गरि बिपन्न परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरिएको हो । स्थानीय युवाहरुको सक्रियतामा २० किलो चामल,एक क्रेट अण्डा,एक जम्बो कोक,चार पोका तोरीको तेल,कुखुरा,तीन किलोग्राम चिउरा,तीन किलोग्राम आलु, ६५० ग्राम मसला र नगद रु ७०० का दरले उक्त परिवारलाई सहयोग गरेको हो । 
    सन्तोष कैनि  चामल ५ बोरा दश हजार,कौसिला पौडेल नेपाल र सुनिल नेपाल १४ लि तेल रु.तीन हजार छ सय,अमृत पन्थि  रु.तीन हजार पाँच सय,बिशाल अधिकारी पाँच वटा कखुरा रु.तीन हजार पचास,श्रबण कट्टेल रु.तीन हजार बराबरको सहयोग गरिेको स्थानीय भानुभक्त सोतीले जानकारी दिए । 

    अमर पन्थि  रु.दुई हजार, दिल बहादुर दरै चिउरा एक बोरा रु.एक हजार पाँच सय,थापा दाई २ ओटा कुखुरा रु.एक हजार पाँच सय,रमेश आचार्य रु.एक हजार चार सय,शुरज श्रेष्ठ  जम्बो कोक  सात वटा रु.एक हजार तीन सय,भरत पराजुली २१ किलो आलु रु.एक हजार पचास, सुमन राज पौडेल  र शिबजि कट्टेलले एक बाक्सा अण्डा रु.दुई हजार चार सय पचास बराबरको सहयोग गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार