Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बाँकेमा सिक्टाले बनाएको बाँध फुटे पछि राप्ती नदी शोनवर्षा गाँउमा पस्यो

  • 194
    SHARES
  • 194 Shares
  • बाँके २१ असोज 
    गत मंगलबार रातिदेखि परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् ।
    राप्ती नदीमा पानीको सतह बढे पछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाध शुक्रबार फुटे पछि शोनवर्षा लगायतका गाँउहरु डुवानमा परेका हुन् ।  
    बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ शोनवर्षा, गंगापुर लगायतका गाँउ डुवानमा परेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । 
    इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिरबहादुर सुनार नेतृत्वको प्रहरी टोली शोनवर्षा पुगेर स्थानीहरुको सहयोगमा फुटेको बाधमा माटोपटान सुरु गरेको छ । 
    शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सिक्टाले बनाएको बाँध फुटे पछि पूरै मानव बस्ती जलमग्न भएको छ । राप्ती नदीमा पानीको सतह बढे पछि उक्त बाँध फुटेर मानव मस्तीमा पसेको हो । 
    यता गाँउपाकिलका अध्यक्ष शाहले बाढी प्रभावित बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित ठाँउ पठाउने तयारी गरिएको बताउदै मानवीय क्षति हुन नदिन आफू लागिपरेको शाहले बताए । 
    सिक्टाले बनाएको बाध फुटे पछि गाँउपालिका अध्यक्ष शाहको प्रत्यक्ष निगरानीमा बाँधमा माटो पटान भई रहेको स्थानीयहरुले बताएका छन् । 
    बाढी पूर्वानुमान महाशाखाका अनुसार थप वर्षा हुने पूर्वानुमान रहेकोल ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार