Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगारपालिका– १ चारकुनेमा योग शिबिरको उदघाटन 

  • 280
    SHARES
  • 280 Shares
  • जनचाहना न्युज 
    तनहुँ २९ असोज 
    व्यास नगरपालिका १ स्थित चारकुनेमा योग शिबिरको आयोजना गरिएको छ । शनिबार चारकुने चौतारीमा होमहुमादी गरी शिविरको विधिवत रुपमा उदघाटन गरिएको हो । 
    उक्त कार्यक्रममा पतन्जली योग जिल्ला कार्य समिति तनहुँका महामन्त्री  राजकुमार श्रेष्ठ, संगठन प्रमुख अर्जुन कुमार श्रेष्ठ  लगायतका सहभागिता रहेको थियो । 
    चारकुने टोल विकास संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्र जिसी,संस्थाका पूर्व सचिव नविन वस्ती,नवआर्दश आमा समुहकी अध्यक्ष शान्ता खवास लगायतका वक्ताहरुले योग मानव जीवनको लागि अपरिहार्य रहेकोले निरन्तरता दिनुपर्नेमा जोड दिए । 
    स्वास्थ्य जीवनको लागि योगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्य जीवन नै मानिसको धन भएकोले सर्वप्रथम स्वास्थ्यको ध्यान दिनुपर्ने बताएका थिए । 
    केही दिन देखि गरिएको योगले जीवनमा सकारात्मक प्रभाव परेको स्थानीय गणेश जिसीले जानकारी दिए । जेष्ठ जलेश्वर जेष्ठ नागरिक दिवा आश्रम केन्द्रका पूर्व अध्यक्ष समेत रहेका जिसीले स्वास्थ्य जीवन जीउन योग प्रभावकारी रहेको उनले बताए । 
    पतन्जली योग जिल्ला कार्य समिति तनहुँका संगठन एवं प्रशिक्षक प्रमुख अर्जुन कुमार श्रेष्ठले केही दिन देखि प्रशिक्षण दिदै आएपनि आज देखि बिधिवत रुपमा निरन्तरता दिन लागेको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार