Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा महिला र दलितलाई कर्मकाण्ड तालिम,तालिममा पैतिस जना सहभागी

  • 256
    SHARES
  • 256 Shares
  • जनचाहना न्युज 
    तनहुँ २९ असोज 
    विश्वहिन्दु महासंघ शुक्लागण्डकी नगर समिति तनहुँले विगत तीन बर्ष देखि महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । 
    आठ जना दलित समुदायका सहित ब्राह्मण,क्षेत्री लगायतका पैतिस जनालाई समितिले सहभागी गराएर तालिम प्रदान गर्दै आएको हो । 
    समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्वेश्यले तालिममा सञ्चालन गरिएको समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए ।  
    कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच बृद्वि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिममा सहभागी गराइएको उनले बताए ।  
    उक्त तालिममा विभिन्न समुदायका ८ जना महिला समेत सहभागि भएका छन् । उनले भने,‘यस कार्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।’ 
    तालिममा सहभागि भएका जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको उनले बताए ।  
    समुदायमा बाहुन पुरोहितहरु नजाने, आफ्नै समुदायमा भएका केही पुरोहितहरु नभ्याउने समस्याले पूजाआजामा विधि अनुरुप गर्न पाइएको थिएन् । उनले भने,‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिएको हौ ।’
    तालिममा सहभागि मध्येकी लक्ष्मी सिग्देलले स–साना कार्यमा पनि पुरोहित नै बोलाउनु पर्ने झन्झटले कठिनाई भोग्नुपरेको बताए । आफैले ज्ञान सीप सिकेको अवस्थामा परिवार र समाजमा सहज हुने उनले जानकारी दिए । 
    दुलेगौंडा स्थित शिवालयमा सञ्चालित तालिममा सहभागि भएकाहरु मध्ये अधिकाँशलाई धर्मको जगेर्नाप्रति चासो छ । गैरदलित समुदायसँगै मिलेर तीजको व्रतमा समेत पुजा गर्न नपाएको तालिममा सहभागी  विष्णुमाया नेपाली दुखेसो पोखिन् । उनी सहभागी भएकामध्ये एक्लो दलित महिला हुन् ।  
    समाजमा जातीय रुपमा हुने विभेद न्यूनिकरण गर्न समेत समेत तालिमले सहयोग गर्ने समितिका अध्यक्ष घिमिरेको विश्वास छ ।
    सवै समुदायमा पुरोहित उत्पादन हुन सके परनिर्भरतामा कमी हुनुका साथै रोजगारी समेत सिर्जना हुने र बिकृतिजन्य मानसिकता कम हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार