जनचाहना न्युज
दमौली, २९ असोज
दमौली स्थित सत्यवती माविको पूर्व विद्यार्थी मञ्चको पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुष्प श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा माधव न्यौपाने, महासचिवमा ई. सुजन पण्डित, सचिवमा सुनिता बुढाथोकी, कोषाध्यक्षमा सि.ए. अनिल थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु हड्खले, शेषराज श्रेष्ठ, अर्बिन तामांङ, सुनिता तिवारी, संदेश अधिकारी र बबिता वाग्ले रहेकी छन् ।
मञ्चको सल्लाहकार समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, शिक्षक अभिभावक संघका अध्यक्ष ,सोम राज शिग्देल प्र.अ.ः एक बहादुर गुरुङ, निबर्तमान प्र.अ. ईन्द्र प्रसाद पौडेल, संस्थापक अध्यक्ष राजेश्वर हड्खले, निबर्तमान अध्यक्षः डा अनिल गिरी रहेका छन् ।
अधिवेशनको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्ले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष काफ्लेले सत्यवतीलाई नमुना विद्यालयको रुपमा कायम राख्नको लागि समिति अहोरात्र खटिरहेको जानकारी दिए । पूर्व विद्यार्थीले प्रशंसनीय प्रगति गरेकोले हाल अध्ययनरत विद्यार्थी प्रेरणा मिल्न टेवा पुगेको बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij