जनचाहना न्युज
तनहुँ ३० असोज
व्यास नगरपालिका–४ मा कार्यालय रहेको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बितरण गर्दै आएको पानी धारामा नआउँदा उपभोक्ताले समस्या भोग्नुपरेको छ । दुई दिन देखि धारामा पानी नआउँदा होटल व्यवासय गर्ने व्यवसायीहरु अझ बढी मारमा पर्ने गरेका छन् । धारामा पानी नआउँदा होटलमा आएका पाहुनालाई सेवा दिन कठिनाई भएको व्यास २ स्थित क्यामिन होटल संचालक दीपक श्रेष्ठले जानकारी दिए । एक टयाङंकरको रु.६०० मा पानी खरीद गरेर सेवा दिन बाध्य बन्नु परेको उनले बताए । त्यसैगरी व्यास नगरपालिका–३ अबिनास शाहले धारामा पानी नआउँदा कठिनाई भोग्नुपरेको बताए । चौविसै घण्टा धारामा पानी आउने आश्वसन दिएपनि दिनमा दुई चार घण्टा पनि नआएको व्यवसाय संचालमा सास्ती खेप्नुपरेको उनले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij