जनचाहना न्युज
तनहुँ ३१ असोज
जिल्लाको म्याग्दे गाँउपालिकाले हालसम्म आठ सय बढी जनालाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गते देखि थालेको एकीकृत घुम्ती शिविर मार्फत आठ सय पच्चीस जनालाई उक्त परिचय पत्र बितरण गरेको हो ।
त्यसैगरि शिविरवाट दश जना अपाङ्गतालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
म्याग्दे गाउँपालिका– ७ समिभञ्ज्याङ्गका राम वहादुर थापाले टोल र घरसम्म आएर जेष्ठ नागरिक परिचय पत्र पाँउदाँ असाध्यै खुशी लागको बताए ।
वडाकार्यलय टाढा पर्ने र वृद्धअवस्थामा हिडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठृुलो राहत दिएको उनले बताए ।
शिबिरमा महिला स्वास्थ्य सेवा अन्र्तगत महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा प्रदान गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध गराइएको छ ।
त्यसैगरी घुम्ती शिविरमा बहिरङ्ग सेवा अन्र्तगत बिरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण गरिएको छ । प्रयोगशाला सेवा अन्र्तगत रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका लगायतका दर्ता गरिएको छ । प्रशासन शाखा अन्र्तगत व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, विभिन्न सिफारिस गरिएको छ ।
कृषकलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखा अन्र्तगत उपभोक्तासँग योजना संम्झौता गरिएको छ ।
असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने दोश्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij