जनचाहना न्युज
तनहुँ ३१ असोज
जिल्ला प्रहरी कार्यालय तनहुँले बसमा यात्रा गर्ने यात्रुबाट लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । असोज ३१ गते बिहानीपख २ बजेको समयमा जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं। ४ बेनिटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारीसाधान चेकजाँच गर्ने क्रममा लागूऔषध सहित व्यक्तिलाई पक्राउ गरेको हो ।
बिरगंजबाट लम्जुङ बेशीसहर तर्फ जान आउदै गरेको ना ६ ख ९०९७ नं।को बसलाई चेकजाँच गर्ने क्रम्मा सोही बसमा सवार जिल्ला लमजुङ बेशिसहर नगरपालिका वडा नं। २ बस्ने बर्ष २५ को शन्देश धितालले कम्मरमा लुकाई छिपाई ल्याएको लागु औषध बरामद गरिएको तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
निजको साथबाट टोर्निथाईजिन ४४ एम्पुल, नोर्फीन ४४ एम्पुल, डाईजोपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागु औषध सहित निज शन्देस धिताललाई नियन्त्रणमा लिई आजै तनहुँ जिल्ला अदालतबाट दिन छ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको उनले बताए।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij