Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेकाँ युवानेता मौरतीद्वारा स्व.पत्रकार बानियाँको स्मृति पत्रकारिता अक्षयकोषमा सहयोग गर्ने

  • 857
    SHARES
  • 857 Shares
  • नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारिता अक्षयकोषका लागि रकम हस्तान्तरण गर्ने भएका छन् ।  पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा भदौ १४ गते नेता मौरतीले १० हजार ११० रुपैयाँ हस्तान्तरण गर्ने नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी  दिनुभयो । अक्षयकोष स्थापनाका लागि बलराम बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरिसक्नुभएको छ । पत्रकार बानियाँका परिवारजन,आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने भएको छ । बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो । स्व.पत्रकार बानियाँको २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरी स्थित माण्डो हाईड्रोपावरमा शव मृत अवस्थामा फेला परेको थियो । उनी दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय बानियाँ सुशासन, कर्मचारीतन्त्र तथा राजनीतिको विषयमा कलम चलाउने कुशल पत्रकार रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी रहेका मौरती मिर्लुङमा जन्मिनु भई हाल व्यासनगरपालिका–२ गणेशमान चोक नजिक बस्दै आउनुभएको छ ।  युनियनले अक्षयकोष स्थापना गरेर भविष्यका पिढीँलाई पत्रकार बानियाँको योगदानलाई जानकारी दिन मद्दत पुग्ने विश्वास मौरतीले गर्नुभया

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार