Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

साक्षात परमेश्वर भेटें ः ३४ बर्षमा बल्ल छोराले पायो नागरिकता 

  • 239
    SHARES
  • 239 Shares
  • जनचाहना न्युज
    तनहुँ ३१ असोज 
    जिल्लाको बन्दीपुर गाउँपालिका–३ घोद्रे निवासी अशक्त अपाङ्गता बिनोद घर्तीले आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता प्रमाणपत्र पाएका छन् ।
    बोल्न र हिड्न नसक्ने किसिमका अशक्त अपाङ्गता बिनोदले ३४ बर्षको उमेरमा बल्ल नेपाली नागरिकता प्रमाणपत्र पाएपछि उनको अनुहारमा खुशीको चमक छाएको छ । 
    घरबाट प्रशासन कार्यालयसम्म लगिदिने कोही आफन्त नहुँदा नेपाली नागरिक हुनबाट छोरा बञ्चित हुदै आएको निजकी आमा मिनीमाया घर्तीले  बताइन् । 
    नागरिकता नहुँदा अपाङ्गता भत्ता लिनबाट समेत बञ्चित बन्नुपरेको थियो । उनले भनिन् ‘अब नागरिकता र चिकित्सकबाट अशक्त अपाङ्गता प्रमाणित भएकोले छिट्टै भत्ता पाउने आशा लागेको छ ।’

    ph nagarikta.jpg
    स्थानीय निर्वाचन २०७९ को निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका परमेश्वर भट्टराईले चुनाव प्रचारप्रसारको समयमा बोलेको कुरा पूरा गर्नुभएको आमा मिनीमायाले बताइन् । 
    साक्षात भगवान परमेश्वर पाएको महसुस गरेको छु । उनले भनिन् ‘वडाध्यक्षको जस्तो नाउँ,त्यस्तै काम देख्दा असाध्यै खुशी लागेको   छ ।’ 
    वडाध्यक्ष भट्टराईले गाउँपालिकासंग गाडीको व्यवस्था गरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता र दमौली अस्पतालसम्म पुराएर अपाङ्गता संम्बन्धी प्रमाणित गरेर फर्केका छन् । 
    सुकुम्बासी तथा गरीब परिवारका घर्ती परिवारमा कुनै आधार नहुँदा लिन पाइने सेवाबाट समेत बञ्चित हुदै आएको उनले बताए । 
    आवश्यक कागजपत्र जुटिसकेकोले गाउँपालिकाको बैठकमा  छिट्टै पेश गरी अपाङ्गता भत्ताको लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष भट्टराईले बताए । 
    हिड्डुल र बोल्न नसक्ने प्रकृतिका अशक्त अपाङ्गता भएका घर्तीलाई आइतबार नेपाली नागरिकता प्रदान गरिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ । 
    हिडडुल गर्न नसक्ने भएकोले गाडीमै कार्यालय परिसरमा सही छाप र सनाखत गराएर काम गरिएको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका सुब्बा जगन्नाथ आचार्यले जानकारी दिए ।   

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार