रौतहट, १३ भदौं
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले रौतहट जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ । संघले ६६ औं शाखाको रूपमा रौतहट शाखा बिस्तार गरेको हो । गरुडास्थित होटल एन पी स्टारमा आइतबार सम्पन्न भेलाले राजेश ’निर्माणी’ पासवानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दीपेन्द्र रजक, सचिवमा जितेन्द्र दास, सहसचिवमा सुनिल रजक, कोषाध्यक्षमा प्रदिप दास, र सदस्यहरूमा शम्भु दास, सरोज पासवान, कृष्णा नन्दन दास, शिवजी पासवान, मन्जु शर्मा, अन्शु पासवान रहेका छन् ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष (प्रदेश नं २) भोला पासवानले मुलुकमा परिवर्तनका कयौं लहरहरु आएका छन्, कयौं उपलब्धि हासिल भएको छ, सोहि अनुसार दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरु एकिकृत हुनुको विकल्प नभएको बताएका छन् ।
कार्यक्रम गौर एक्सप्रेसका संचालक स्मिथ रजकको अध्यक्षतामा सम्पन्न भएको थियो। हालसम्म संघको ६५ जिल्ला शाखा, ७ प्रदेश समिति र एक काठमाडौं विशेष प्रदेश समिति बिस्तार भएको छ ।
देशभरका एक हजार पाँच सय दलित समुदायका पत्रकारहरु संघमा आवद्ध भइसकेका छन् । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका निर्वाह गरिरहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij