पहिरोमा परि नवलपरासीमा एकै परिवारका तीन सहित एकै गाउँका १२ जनाको मृत्यु भएको छ । केही दिन देखि परेको अबिर बर्षा पछि गएको पहिरोमा परि उनीहरुको मृत्यु भएको हो । पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार फेला परेको हो । शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका छन् । पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । साभार ः बुटवल २४ न्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij