जनचाहना न्युज
तनहुँ ५ कार्तिक ः
मिजार समाज सेवा समुह दमौलीका उपाध्यक्ष बासु कोइराला एवं मिजार समाज म्याग्देका सदस्य धनिराम कोइरालालाई पितृशोक परेको छ ।
कोइराला द्वयका पिता म्याग्दे गाउँपालिका वडा नं ७ निवासी दिलबहादुरको शनिबार ७९ बर्षको उमेरमा निधन भएको हो ।
शुक्रबार साँझ खाना खाएर सकुशल सुतेका दिलबहादुरलाई बिहान छोरा धनिरामले चिया खाना भनि बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा अचेत अवस्थामा भेटिएको बताए ।
बुबालाई तत्काल एम्बुलेन्समा बोलाएर जीपी कोइराला राष्टिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए । जेठा छोरा बासु कोइरालाका परिवार हाल दमौलीमा र कान्छा धनिराम म्याग्देमा बस्दै आएका छन् ।
स्व.कोइरालाको सेतीमादी डमौलीघाटमा अन्तिम श्रद्धाञ्जली गरिएको छ । सो अवसरमा दुवै मिजार समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा एक मिनेट मौन धारणा समेत गरिएको थियो । मृतक कोइरालाका एक पत्नी,दुई छोरा,एक छोरी र नातिनातिनी रहेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij