जनचाहना
तनहुँ ६ कार्तिक
नेपाल आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा शुक्लागण्डकी सुजित हिराचन सर्बसम्बत चयन भएका छन । शनिबार अबेर सम्पन्न महासंघको छैटौं अधिवेशनले हिराचनको अध्यक्षतामा एघार सदस्यीय पदाधिकारी चयन गरेको हो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नन्दु थापामगर,उपाध्यक्ष तीर्थ दरै,महिला उपाध्यक्ष सरु कुमाल,सचिव यामु गुरुङ्ग,सहसचिव शेरबहादुर बोटे,कोषाध्यक्ष क्या.तारालाल मल्ल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण बहादुर दुरा,पृथ्वी भुजेल,दीपक राई र धनसुव्वा तामाङ्ग रहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर,नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल,राष्ट्रिय सभासदस्य सुरेश आलेमगर,जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,व्यास नपाकी उपप्रमुख इन्दिरा दरै,महासंघका पूर्व अध्यक्ष हरिसिं गुरुङ्ग लगायतका वक्ताहरुले नव निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij