केही दिन अघि देखि परेको अबिरल बर्षा पछि गएको पहिरो कारण दमौली खानेपानी अबरुद्द भएको छ । सोमबार बिहान व्यासनगरपालिका–४ स्थित बैरेनी मार्गमा माथिबाट आएको पहिरोले प्रशोधन केन्द्रमा जाने मुख्य पानीको पाइपमा क्षति बनाएपछि खानेपानी अबरुद्द भएको हो । व्यासनगरपालिका–४ स्थित बागभञ्ज्याङ स्थित प्रशोधन केन्द्रमा जाने २५० एम एमको जिआइ पाइपको जोडाई छुटाइदिएपछि पानी बितरणमा समस्या आएको सो संस्थाले जनाएको छ । प्हिरोले खानेपानीमा क्षति पुगेपछि दमौली बजार र सिमलटार क्षेत्रमा पानी बितरणमा समस्या भएको संस्थाका कोषाध्यक्ष बिश्वशर सुबेदीले जानकारी दिनुभयो । डोजर लगाएर पहिरो पन्छाउने कार्य भैरहेको छ । उहाँले भन्नुभयो ‘पहिरो पन्छाएर पाइप जडान गरेर सम्भव ः भोली मंगलबार देखि पानी सुचारु गर्ने लक्ष्य राखिएको छ ।’ पहिरो पन्छाएपनि माथिबाट माटो बग्ने कार्य नरोकिएकोले समस्या भएको छ । म्याग्दे गाउँपालिकाको गुणादी र मादी लिफ्टीङको साँखर लाइनबाट बजार क्षेत्रमा पानी आपूर्ति भैरहेपनि पर्याप्त हुन नसक्ने उहाँले बताउनुभयो । उक्त खानेपानी संस्थाले व्यासनगरपालिकाको वडा नं २,३,४ का तीन हजार पाँच सय ५० घरधुरीलाई पानी बितरण गर्दै आएको छ । उक्त खानेपानी जिल्लाकै ठुलो खानेपानी बितरण गर्ने संस्था रहेको छ । संस्थाले बिहान र बेलुका दुई समयमा तीस लाख लिटर पानी बितरण गर्दै आएको संस्थाका लेखापाल बालकृष्ण अधिकारीले बताउनुभयो ।
राजमार्ग सुचारु
त्यसैगरी पहिरोले पृथ्वीराजमार्ग अन्र्तगत चाइनापुल नजिक अबरुद्द भएको दमौली – कोत्रे सडक खण्ड सुचारु भएको छ । मथिबाट खसेको पहिरोले केही समय राजमार्ग अबरुद्द भएपछि डोजरको सहायताले पहिरो पन्छाएर सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij