Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सतिस बोर्डिङ स्कुलमा छात्राहरु शिक्षा लिदै ः रोटी पकाउन र टपरी बुन्न सिक्दै 

  • 449
    SHARES
  • 449 Shares
  • जनचाहना न्युज 
    तनहुँ ७ कार्तिक 
    जिल्लाको ब्यास नगरपालिका–१० मा रहेको सतिस अंग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरुप रोटी पकाउन र टपरी बुन्न सिकाउन थालेको छ । 
    उक्त विद्यालयले ब्यवहारिक शिक्षालाई जोड दिन विद्यार्थीहरुलाई सेलरोटी पकाउन, सालको पातबाट बन्ने टपरी बुन्न लगायतका सीप सिकाउन थालेको हो । 
    छात्राहरुलाई तिहार पर्वमा रोटी पकाउने  र सालको पातको टपरीमा राखेर खाने नेपाली सस्कृतिबारे जानकारी दिने प्रयोगात्मक विधिलाई जोड दिएको विद्यालयका प्रधानाध्यापक दिर्घबहादुर दरैले जानकारी दिए ।

    5.JPG  
    नेपाली संस्कृतिमा आधारित सीप र महत्वलाई ध्यानमा राखि विद्यालयबाट नै सिकाउन प्रयास गरिएको उनले बताए । 
    गत दशैमा समेत दशैको महत्व र दशैमा हुने सांस्कृतिक क्रियाकलापहरुलाई ब्यवहारिक रुपमा सिकाइएको उनले जानकारी दिए । 
    विद्यालयमा शिक्षक शिक्षिकासँगै भएका यस्ता क्रियाकलापहरु सिक्ने सके विद्यालयबाट पाएको शिक्षा सिकाई दिगो बन्न सक्ने अपेक्षा राखिएको छ । 
    थेउरी भन्दा प्राक्टिकल अर्थात ब्यवहारिक शिक्षा दिन सके प्रभावकारी बनाउन पहल गरेका छौ । उनले भने,‘शिक्षालाई व्यवहारिक बनाउन विद्यालयले यस्ता कार्य गर्दै आएको छ ।’ 
    पछिल्लो समय विद्यार्थीलाई ब्यवहारिक शिक्षा सिकाउन विद्यालयहरुले विभिन्न किसिमको पहल गर्दै आएका छन् । 
    तनहुँको सदरमुकाम दमौलीमा रहेको निर्मल माध्यामिक विद्यालय र शुक्लागण्डकी नगरपालिकामा रहेको ज्ञान बगैचा अंग्रेजी विद्यालयले यस्ता व्यवहारिक शिक्षालाई प्राथमिकता दिदै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार