जनचाहना न्युज
तनहुँ ११ कार्तिक
गुणस्तर शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको सत्यवती माध्यमिक विद्यालयमा ह्वाइट बोर्ड र स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयले पच्चीस वटा कोठामा स्मार्ट टिभी रु.स्रोह लाख सतासी हजार पाँच सय रु.सत्तरी लाख एकहत्तर हजार चारसयमा स्मार्ट बोर्ड खरीद गरी जडान गरेको हो । विद्यालयले परम्परागत शैलीबाट हुने पठनपाठनलाई निरुत्साहित गर्दै आधुनिकतातर्फ लम्किएको विद्यालयका लेखापाल बिष्णु रिजालले जानकारी दिए ।
समयको मागसंगै यस विद्यालयले डिजिटल प्रविधिमा फड्को मार्दै गएको छ । सदरमुकाम स्थित व्यास नगरपालिका–२ बालमन्दिर लाइनमा रहेको यस बिद्यालयले समयको मागसंगै विद्यालयले कक्षा कोठामा ह्वाइट बोर्ड हटाएर स्मार्ट बोर्ड र स्मार्ट टिभी जडान गरेको हो । विद्यालयले दिएको जानकारी अनुसार प्रविधि जडानमा ८७ लाख ५८ हजार नौ सय खर्च भएको छ ।
छोटो अवधिमा धेरै कुरा सिक्न र सिकाउन सकिने हुँदा शिक्षा क्षेत्रमा अझै सकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ । त्यसैगरी विद्यालयले सिसी टिभी जडान गरेर विद्यार्थीको गतिबिधीका बारेमा अवलोकन गर्ने गरेको छ ।

इन्टरनेट जडित डिजिटल प्रविधिले युटुब,गुगलबाट आवश्यक पर्ने शैक्षिक सामाग्री देखाउन सजिलो हुने भएकोले पठनपाठनमा विद्यार्थीको रुचि बढ्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।
पच्चीस वटा ह्वाइट बोर्ड र पच्चीस वटा स्मार्ट टिभी ७५ इन्चको जडान गर्न गरिएको छ ।
विद्यार्थीको आर्कषणको केन्द्र बनेको यस विद्यालयमा हाल दुई हजार सात सय बिद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ६० प्रतिशत छात्राको बाहुल्यता रहेको छ । यस बिद्यालयले ब्रिटिस काउन्सिलबाट अन्तराष्ट्रिय स्कूल अवार्ड पाएको छ । पैसठ्ठी जिल्लाका माध्यमिक विद्यालयको गुणस्तर मापनमा १७ औं स्थान हासिल गर्न विद्यालय सफल भएको छ । उक्त विद्यालयमा कक्षा १२ सम्म बिज्ञान,कम्प्युटर इन्जियिर,शिक्षा र कर्मस बिषयमा पढाई हुदै आएको प्रधानाध्यापक एक बहादुर गुरुङ्गले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij