जनचाहना न्युज
तनहुँ १६ कार्तिक
ऋषिङ–१ झाँपुटारमा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात गुमाई हाल ट्रमा सेन्टरमा उपचाररत रहेकी २९ बर्षीय रेनु थापाको उपचारका लागि रस्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखा मार्फत रु.५ हजार सहयोग गर्ने भएको छ । आर्थिक अवस्था कमजोर रहेकी थापाको उपचारमा समस्या भएकोले आर्थिक सहयोग जुटाइदिन परिवारले सबैमा आग्रह गरेपछि उक्त संस्थाले सो रकम प्रदान गर्ने जनाएको हो । साथै अन्य सहयोगी हातहरुलाई समेत यस दुखद समयमा सहयोगका लागि अपिल गरिएको स्कूल अफ डेमोक्रेसी तनहुँ शाखाका अध्यक्ष डम्बर बहादुर अधिकारीले जानकारी दिए । घट्ना भए लगत्तै हेलिकप्टर चार्टर गरी थापाको उपचारको लागि काठमाण्र्डौ लगिएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij