भिमाद ः जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मंगलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा बृद्धि गराउने उद्देश्यले किसानलाई कृषि औजर प्रदान गरिएको भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले बताउनुभयो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ९ वटै वडाका कृषकलाई हाते ट्याक्टर, कम्बाईन मिल, ब्रस कटर, च्याप कटर, थ्रेसर, रोटा भेटर लगायतका कृषि औजार वितरण गरेको हो । किसानको ५० र नगरपालिकाको ५० प्रतिशतमा किसानलाई कृषि औजर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । नगरभित्रका फर्म दर्ता भएका कृषक, समुह लगाएतलाई सो औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिकाले किसानलाई ५३ वटा कृषि यन्त्रहरु वितरण गरेको जनाएको छ । जस अन्र्तगत ७ एचपीको हाते ट्याक्टर २० वटा, च्याप कटर १५ वटा, ९ एचपीको हाते ट्याक्टर ७ वटा, कम्बाईन मिल ६ वटा, ब्रस कटर २ वटा, रोटा भेटर २ वटा र एउटा थ्रेसर वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष ०७७÷०७८ को कार्यक्रम अन्र्तगत कृषि औजर बितरण गरिएको हो । उहाँले भन्नुभयो ‘कोरोनाका कारण बितरण गर्न नसकिएकोले अहिले बितरण गरिएको हो ।’
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij