जनचाहना न्युज
तनहुँ, १७ कार्तिक
जिल्ला निर्वाचन कार्यालय तनहुँले मंङिसर ४ गते हुने प्रतिनिधी सभासदस्य र प्रदेश सभासदस्यको निर्वाचनको लागि आवश्यक पर्ने सामाग्री मतदान केन्द्रमा पठाउने तयारी गरेको छ ।
निर्वाचन आयोगबाट प्राप्त भएका नामावली,फोटो सहितको मतदाता नामावली,अनुसूची लगायतका सामाग्री जिल्लाको तीन सय पाँच वटा मतदान केन्द्रमा पठाउन प्याकिङ्ग कार्य भैरहेको छ ।
तनहुँका दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक तर्फका मतपत्र आयोगले पठाइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी धिरेन बहादुर शाहीले जानकारी दिए । ।
तनहुँ क्षेत्र नं १ को लागि दुई लाख त्रिहत्तर हजार र क्षेत्र नं २ को लागि दुई लाख सतत्तर हजार गरी कूल पाँच लाख पचास हजार समानुपातिक मतपत्र आइसकेको उनले बताए ।
प्रतिनिधी सभासदस्य समानुपातिक तर्फ दुई लाख चौहत्तर हजार र प्रदेश सभासदस्यको समानुपातिक तर्फ दुई लाख छयत्तर हजार मतपत्र आएको हो । जिल्लामा एक सय बयालीस वटा मतदानस्थल छन् भने दुई लाख अट्चालिस हजार चार सय पन्चानब्बे मतदाता रहेका छन् ।
जिल्लाको लागि दुई सय पचास वटा मतपेटिका आवश्यक देखिएकोले निर्वाचन आयोग समक्ष माग गरी पठाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
शिक्षकबाट दुई हजार सात सय एकासी र निजामती कर्मचारीबाट एक हजार सात सय बयासी गरी कूल चार हजार पाँच सय त्रिसठ्ठी जना कर्मचारीको बिवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि जिल्लामा तीन हजार छ सय जना कर्मचारी आवश्यक पर्ने जिल्ला निर्वाचन प्रमुख ढकालले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij