जनचाहना न्युज
तनहुँ १९ कार्तिक साँकेतिक तस्बीर ः
इलाका प्रहरी कार्यालय भानु तनहुँले जुवाखालबाट रु.एक लाख सतासी हजार नगदसहित पन्ध्र जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्लाको भानु नगरपालिका–५ सेपाबगैचा स्थित रक्षा खाजाघर भित्र लुकिछिपी जुवा खेलिरहेका जुवाडेलाई शुक्रबार साँझ पक्राउ गरेको हो । उक्त जुवा खालबाट नगद तथा कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।
शुक्रबार हरिबोधनी एकादशी र शनिबार बिदाको दिन परेकोले आइतबार म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।
इलाका प्रहरी कार्यालयका भानु तनहुँका प्रमुख एवं प्रहरी निरीक्षक रमेश बिष्टको नेतृत्वमा गएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक बिष्टले त्यसक्षेत्रमा रहेर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै हालै असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी समेत घोषित भैसकेका व्यक्ति हुन् ।
जुवा खेल भैरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो । प्रहरीले जुवाखालमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गर्न थालेपछि लुकिछिपी जुवातास खेल्ने जुवाहरुको भागदौड मच्चिएको बताइएको छ ।
प्रहरी निरीक्षक बिष्टले चोरीडकैती,जुवातास,अबैधानिक काठ ओसारपसार लगायतका कार्यमा इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij