Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिकामा नमुना मतदानको अभ्यास 

  • 225
    SHARES
  • 225 Shares
  • जनचाहना न्युज 
    तनहुँ २१ कार्तिक  
    जिल्ला निर्वाचन कार्यालय तनहुँ र जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको समन्वयमा सोमबार नमुना मतदानको अभ्यास गरिएको छ । निर्वाचनमा जनतालाई मतदान गर्ने अभ्यास र मतदान बदर नहोस भन्ने हेतुले नमुना मतदान अभ्यास कार्यक्रम गरेकोहो । अगामी मंङ्सिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि कार्यक्रमको आयोजना गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए । 
    मतदान प्रक्रियामा मतदाताको हक अधिकार र मतको दुरुपयोग नहोस भन्ने हेतुले जनतालाई सचेत गराउन उक्त कार्यक्रमको आयोजना गरेको उनले बताए ।

    matdan.jpg
    जिल्लाका दशै वटा पालिकामा नमुना मतदान अभ्यास कार्यक्रम गरेका हौ, उनले भने,अघिल्लो निर्वाचनको समयमा धेरै मत बदर भएकोले त्यस कार्यलाई निरुत्साहित गर्न नमुना मतदान गरिएको हो ।  
    मतदान प्रक्रियामा प्रदेश, क्षेत्र तथा समानुपातिक मतदानका लागी सहज होस भनेर नमुना मतदान अभ्यासमा आएको स्थानिय बालकृष्ण श्रेष्ठले बताए । 
    नमुना मतदान अभ्यास कार्यक्रममा स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलले मतदान अभ्यासको अनुगमन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार