Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीमा नमूना मतदान अभ्यास 

  • 214
    SHARES
  • 214 Shares
  • जनचाहना न्युज
    दमौली २३ कार्तिक                                                                                                     तस्बीर ः प्रकाशचन्द्र भट्टराई 
    तनहुँको सदरमुकाम दमौली स्थित खुलाचौरमा बुधबार नमूना मतदान अभ्यास गरिएको छ । व्यास नगरपालिका कार्यालयको आयोजना तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा नमूना मतदान गरिएको हो । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभासदस्यको निर्वाचनमा मत बदर नहोस भनि सचेतना जगाउन उद्देश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको हो । मतदान केन्द्रमा दुरदराजका नबुझेका सर्वसाधारण भन्दा पनि शिक्षित व्यक्तिको उपस्थिति रहेको पाइएको छ । प्रतिनिधी सभा र प्रदेशसभा सदस्य पदका लागि चारवटा मतपत्र हुने भएकोले मतदान गर्दा झुक्किने सम्भावना बढी रहेकोले त्यसतर्फ सचेत गराउन नमुना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार