तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लाई बालमैत्री वडा बनाउने उद्देश्यले बुधबार परियोजना संग सम्झौता गरिएको छ । बालहितकारी परियोजना नेपालका अध्यक्ष गोबिन्दराज पहारी र वडाध्यक्ष मनराज गुरुङ बीच सम्झौता भएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को आधारमा वडामा बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालमैत्री वडा घोषणाको लागि द्विपक्षीय सम्झौता गरिएको हो । सम्झौतापत्र अनुसार प्रथम पक्षको तर्फबाट वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक कार्यहरु गरिने वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । दोस्रो पक्ष बालहितकारी परियोजनाले बालमैत्रीको लागि वडातहमा हुने तालिम तथा अभिमुखिकरणमा सहजीकरण गरिने परियोजनाका अध्यक्ष पहारीले बताउनुभयो । साथै वडा तहमा गर्नुपर्ने बस्तुगत विवरण, बालबालिकाको बस्तु स्थिति पत्र, रणनीति, आचारसंहिता, योजना आदिको तथ्यांक विश्लेषण, प्रतिवेदन तयारी गरिने छ । पोखरामा प्रधान कार्यालय रहेको बालहितकारी परियोजना नेपालले स्थापना कालदेखि बालबालिका, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा र संरक्षणको सबालमा काम गर्दै आएको अध्यक्ष पहारीले जानकारी दिनुभयो । यसैबीच सरोकारवाला पक्षलाई बालमैत्री वडा निर्माणका लागि अभिमुखिकरण गरिएको थियो । बालमैत्री वडा घोषणाको पहिलो कार्यक्रम अभिमुखिकरण गरिएसँगै अन्य कार्यहरु चरणबद्द तरिकाले गर्दै जाने योजना रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । ‘आगामी फागुनसम्मे वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो ‘विभिन्न ५१ वटा सुचकहरु पुरा गर्न दुबै पक्ष प्रतिबद्द भएर लाग्नुपर्ने हुन्छ ।’
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij