Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौली कलेजको दुई दिने अध्ययन अवलोकन भ्रमण

  • 279
    SHARES
  • 279 Shares
  • जनचाहना न्युज 
    तनहुँ २५ कार्तिक 
    व्यास नगरपालिका–४ स्थित दमौली कलेजद्वारा विद्यार्थीलाई दुई दिने अध्ययन अवलोकन भ्रमणको आयोजना गरेको छ । कलेजका कक्षा ११ र १२ का विद्यार्थीलाई कार्तिक २६ र २७ गते शैक्षिक अवलोकन भ्रमणको  लागि आयोजना गरेको हो । 
    भ्रमणका क्रममा पहिलो दिन चितवनको कसरा रिर्सोट र दोस्रो दिन नवलपरासीको चौधरी गु्रपको वाइवाई चाउचाउ उत्पादन तथा कम्पनीको अवलोकन गर्ने तालिका रहेको कलेजका सहायक प्रिन्सिपल ज्ञानेन्द्र जिसीले जानकारी दिए । भ्रमणमा कलेका प्राध्यापक अरबिन्द थापा,बिनय पण्डित,राजु ढकाल रहेका छन् । 
    त्यसैगरी कक्षा १२ का व्यवस्थापन बिषय अध्ययन गर्ने विद्यार्थीहरु कास्की जिल्लाको सिकलेस अध्ययन भ्रमणका लागि गएका छन् । सो भ्रमणमा प्राध्यापक मनोज राउत र उपेन्द्र न्यौपानेको नेतृत्व रहेको   
    छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार