Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

श्रमजीवि पत्रकार ऐनलाई प्रभावकारी बनाउन प्रक्रिया अघि बढाइएको छ ः  अध्यक्ष खड्का   

  • 200
    SHARES
  • 200 Shares
  • जनचाहना न्युज 
    तनहुँ २६ कार्तिक 
    न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले श्रमजीवि पत्रकार ऐन कार्यान्वयलाई प्रभावकारी ढंगबाट लागु गर्न प्रक्रिया अघि बढाइएको बताएकी छन् । 
    न्यूनतम पारिश्रमिक निर्धारण समिति काठमाण्डौंको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा शनिबार दमौलीमा आयोजित श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था,चुनौती र भावी रणनीति बिषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी  हुन् ।   
    श्रमजीवि पत्रकार ऐन लागु नगर्ने संचारगृहलाई सरकारबाट प्रदान गरिने विज्ञापन सुविधा रोक्ने गरी सुझाव नेपाल सरकारलाई बुझाउन लागेको उनले बताइन् । 
    न्यूनतम पारिश्रमिक निर्धारण समितिले उठाएका जाहेज मुद्धालाई पेशागत संघसंगठनले दबाब समेत दिनुपर्नेमा उनले जोड दिइन् ।  
    स्थानीय तहको विज्ञापन स्थानीय मिडियालाई प्रदान गर्न सकिए न्यूनतम पारिश्रमिक निर्धारण समितिले मापदण्ड गरे अनुरुप पारिश्रमिक दिन कठिनाई नहुने भएको यसका लागि पहल गरिने उनले बताइन् । 
    पारिश्रमिक समस्यालाई सुधार गर्न सुझाब संकलन कार्यका लागि पनि जिल्लामा तहमा पुगेर यस्ता अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेको उनले सो अवसरमा बताइन् । 
    नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सीना पंगेनीले संचारमाध्यममा काम गर्नु अघि नियुक्तिपत्र लिएर मात्रै काम लाग्न संचारकर्मीहरुलाई सुझाव दिइन् । 
    संञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यकताको आधारमा तालिम,गोष्ठीको आयोजना गर्नुपर्नेमा जोड दिएकी थिइन् । समयको मागसंगै आफ्ना संचारमाध्यमका विधि र बिधालाई परिवर्तन गर्न आवश्यक रहेको समेत उनले औल्याइन् । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले,प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञावली लगायतका वक्ताहरुले नेपाल पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको एक किसिमको मिसन टोली बनाएर जिल्लाको अवस्थाका बारेमा स्थलगत अवलोकन गरिरहेको बताएका थिए । 
    नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा,नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य,प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस सेन्टरका एस.बि.नेपाली,प्रेस चौतारीका बिबि श्रेष्ठ,संचारिका समूहकी अध्यक्ष सम्झना रसाइली,स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले संचारगृह र संचारकर्मीलाई टिकाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । 
    कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी कोषाध्यक्ष बिमला कँडेल र संञ्चालन सहसचिव मिला दरैले गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार