जनचाहना न्युज
तनहुँ २८ कार्तिक
तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आदिकवि भानुभक्त क्याम्पसमा गठित युवा रेडक्रस सर्कलले सोमबार क्याम्पसको प्राङ्गणमा नमुना मतदान अभ्यास गरेको हो।
जिल्ला निर्वाचन कार्यालय तनहुँ र आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापनमा मतदानमा सोही क्याम्पसमा अध्ययनरत छात्रछात्राले नमुना मतदान गरेका थिए।
निर्वाचनको बेला तयार गरिने सोही अनुसारको सुरक्षित मतदान केन्द्र निर्माण गरी विद्यार्थीहरूलाई नमुना मतदान सर्कलकी अध्यक्ष सुनीता तिवारीले जानकारी दिइन।

उक्त नमुना मतदान कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ , क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले प्राध्यापक र विद्यार्थीहरुको सहभागी रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij