अन्दाजी ६ बर्ष उमेरका सुरेश बिक नाम बताउने बालक फेला परेका छन् । यदि कसैले चिन्नुहुन्छ भने जिल्ला प्रहरी कार्यालय कास्की वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुने छ । गत लबार साँझ ७ बजेको समयमा पोखरा ३२ स्थित गगनगौडाबाट फेला परेका ती बालकको अझै आफन्तजनहरु सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । अहिले बालक प्रहरीको संरक्षणमा रहेको बताइएको छ । गोरो वर्ण र पातलो शरीर भएका ती बालक अन्दाजी २ फिट अग्लो रहेको प्रहरीको भनाइ छ । स्पष्ट बोल्न नसक्ने उनले नीलो टिसर्ट, खरानी रंगको पाइन्ट र नीलो चप्पल लगाएको पनि प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij