Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अनलाइन पत्रकार संघ तनहुँको तदर्थ समिति गठन    

  • 195
    SHARES
  • 195 Shares
  • जनचाहना न्युज 
    तनहुँ २९ कार्तिक 
    तनहुँबाट संचालनमा रहेका अनलाइन मिडिया संचालक र सम्पादकको भेलाले मंगलबार दमौलीमा अनलाइन पत्रकार संघ तनहुँ गठन गरेको छ । 
    उक्त भेलाले पत्रकार उपेन्द्र खनालको अध्यक्षतामा सात सदस्यीय  तदर्थ समिति गठन गरेको हो । संघको उपाध्यक्षमा बिमला कँडेल,सचिवमा कृष्ण न्यौपाने,कोषाध्यक्षमा एलोज श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा श्रीकृष्ण आचार्य,एस.बि.नेपाली र हरि खरेल रहेका छन् । 
    अनलाइन मिडिया संचालकहरुको हक अधिकारको लागि संगठित गरी संघ गठन गरेर अघि बढ्न लागेको संघका अध्यक्ष खनालले जानकारी दिए । 
    संघले संम्बन्धित निकायमा दर्ता गरेर संचालन गर्दै आएका अनलाइन मिडिया संचालकहरुलाई समेटेर अघि बढ्न लागेका उनले  बताए । 
    जिल्ला भित्र संचालन हुदै आएका र दर्ता नभएका अनलाइनलाई समेत दर्ता गर्न लगाएर व्यवसायिक रुपमा अघि बढाउने योजना रहेको सो संघले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार