जनचाहना न्युज
तनहुँ २९ कार्तिक
तनहुँबाट संचालनमा रहेका अनलाइन मिडिया संचालक र सम्पादकको भेलाले मंगलबार दमौलीमा अनलाइन पत्रकार संघ तनहुँ गठन गरेको छ ।
उक्त भेलाले पत्रकार उपेन्द्र खनालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । संघको उपाध्यक्षमा बिमला कँडेल,सचिवमा कृष्ण न्यौपाने,कोषाध्यक्षमा एलोज श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा श्रीकृष्ण आचार्य,एस।बि।नेपाली र हरि खरेल रहेका छन् ।
अनलाइन मिडिया संचालकहरुको हक अधिकारको लागि संगठित गरी संघ गठन गरेर अघि बढ्न लागेको संघका अध्यक्ष खनालले जानकारी दिए ।
संघले संम्बन्धित निकायमा दर्ता गरेर संचालन गर्दै आएका अनलाइन मिडिया संचालकहरुलाई समेटेर अघि बढ्न लागेका उनले बताए ।
जिल्ला भित्र संचालन हुदै आएका र दर्ता नभएका अनलाइनलाई समेत दर्ता गर्न लगाएर व्यवसायिक रुपमा अघि बढाउने योजना रहेको सो संघले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij