Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इन्सेकको पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न

  • 191
    SHARES
  • 191 Shares
  • जनचाहना न्युज
    दमौली २९ कार्तिक 
    इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि मंगलबार तनहँुका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
    सो अवसरमा इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ, भयरहित र निश्पक्ष बनाउन पत्रकारहरुको ठुलो भुमिका रहने बताए । निर्वाचन आचार संहिता उल्लंघनका घटनालाई पत्रकारहरुले उजागर गर्नु पर्ने भन्दै पत्रकारहरुले सहि र सत्य समाचार लेखेमा निर्वाचन निश्पक्ष र भयरहित हुनेमा जोड दिए । 
    संयोजक खकुरेलले इन्सेकले जिल्लामा गरेको निर्वाचन अनुगमनको क्रममा पाईएको तथ्यहरु सो अवसरमा जानकारी गराएका थिए । 
    नेपाल पत्रकार महासंघ गन्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्माले पत्रकारहरुसँधै सत्यको बाटोमा हिड्ने हुँदा निर्वाचनको यो महाअभियानलाई सम्पन्न गर्न पनि पत्रकारहरुले सँधै निश्पक्ष भएर कमल चलाउने बताए । 
    नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष उज्वल पौडेलले इन्सेकसँग सहकार्य गरि निश्पक्ष निर्वाचन अभियानमा हातेमालो गरिएको बताउनु भयो । इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा र जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले पनि स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि सन्चारकर्मीको भुमिकाको बारेमा चर्चा गरेका थिए ।  
    तश्विर उपलब्ध छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार