Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा ४५ प्रतिशत मत खस्यो,मतदान जारी

  • 203
    SHARES
  • 203 Shares
  • जनचाहना न्युज 
    तनहुँ ४ मङिसर

    आइतबार भएको संघीय र प्रदेशको निर्वाचनमा साढे ३ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । तनहुँमा कूल दुई लाख अट्चालिस हजार चार सय पन्चानब्बे मतदातामध्ये उक्त प्रतिशतमा मतदान खसेको हो । 
    जिल्लामा अहिलेसम्मा शान्त बातावरणमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।  
    तनहुँमा ३०५ मतदान केन्द्र छन् । निर्वाचन सम्पन्न गर्न जिल्लामा नियुक्त गरिने दुई हजार चार सय चालिस र स्वयसेवक एक हजार दुई सय बीस गरी कूल तीन हजार छ सय साठी जना जनशक्ति परिचालन गरिएको छ । 
    जिल्लामा एक सय बयालीस वटा मतदानस्थल रहेका छन् । जिल्लाभरी दुई वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । कैदीबन्दीका लागि दमौली कारागार स्थित मतदान केन्द्र र कर्मचारी र सुरक्षाकर्मीका लागि कृषि ज्ञान केन्द्रमा मतदान केन्द्र स्थापना गरेको हो । 
    कर्मचारी र सुरक्षाकर्मीले पनि प्रतिनिधी समानुपातिक तर्फ मात्रै आफ्नो मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदानमा खटिएकाले संम्बन्धित मतदान केन्द्र र नगएका कर्मचारी र सुरक्षाकर्मीले अस्थायी मतदान केन्द्रमा गएर मतदान गरिरहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार