जनचाहना न्युज
तनहुँ १५ मंङिसर
सुरक्षित आप्रवासन (सामी परियोजना) जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरणमा चालु आबमा रु.एकाउन्न लाख सत्चालिस हजार पाँच सय एकानब्बे प्राप्त रकम पीडित पक्षलाई उपलव्ध गराएको छ ।
सामी परियोजनाले रोजगारीमा ज्यान गुमाएका,दुर्घटनामा घाइते भएकाका परिवारलाई रु.छयालिस लाख सात हजार पाँच सय एकानब्बे र ठगी भएकाबाट रु.पाँच लाख चालिस हजार फिर्ता गरेको हो ।
चालु आर्थिक बर्षको साउन देखि कार्तिक मसान्तसम्म दुई हजार पाँच सय दश जनालाई सहि सूचनाका बारेमा जानकारी गराइएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् ।
बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित,व्यवस्थित र भरपर्दो बनाउनको लागि आप्रवासी सामीले दैनिक ४० देखि ५० जना राहदानी बनाउन आउने युवायुवतीलाई एजेन्ट मार्फत ठगिने कार्यमा सुरक्षित हुन सूचना प्रदान गरिएको छ ।
त्यसैगरी सामी परियोजनाले बैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिलाई सीपमूलक तालिम लिएर मात्रै बैदेशिक रोजगारीमा जान सुझाव प्रदान गर्दै आएको उनले बताइन् ।
चार महिनाको अवधिमा सामी परियोजनामा बाउन्न वटा मुद्वा दर्ता भएकोमा बाह्र वटा फछस्यौट भएको छ ।
बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरुको लागि बिदेशमा आवश्यक पर्ने मापदण्ड अनुरुपको खाना र बस्न सहितको निशुल्क तालिमको व्यवस्था गरेको छ ।
सटिङ्ग कारपेन्ट्रि,फलामको पाइपको खट बनाउने,प्लम्बर,वेल्डर,पाइप फिल्टर,हाउस किपिङ्गगार्मेन्ट मेशिन अपरेटर लगायतका सीपमूलक तालिमको निशुल्क व्यवस्था गरेको छ ।
आफुले लिन चाहेको तालिमको लागि काठमाण्डौं,पोखरा र झापामा व्यवस्था गरेको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता हर्षित गुरुङ्गले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij