Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते लुम्बिनीमा हुने

  • 232
    SHARES
  • 232 Shares
  • जनचाहना न्युज
    तनहुँ १६ मंसिर
    नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो मितिमा लुम्बिनीमा साधारण सभा गर्ने निर्णय गरेको हो । 
    पत्रकारलाई भ्रमण समेत गराउने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा साधारणसभा गर्ने निर्णय गरिएको सचिव प्रताप रानाले जानकारी दिए । उनका अनुसार दुई दिने भ्रमण सहितको साधारणसभाले पत्रकारमा पुनर्ताजगी आउनेछ । 
    त्यस्तै बैठकले नयाँ सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी   दिए । १५ दिनभित्र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सदस्यताका लागि आवेदन खुला गरिएको उनले बताए । महासंघ तनहुँको समन्वयमा जिल्लाका क्रियाशील पत्रकारको बीमा नवीकरण गर्ने निर्णय गरेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार