जिल्ला प्रहरी कार्यालय तनहुँले बिभिन्न मुद्धामा फरार पाँच प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले हातहतियार,कुटपीट लगायतका घट्नामा फरार हुदै आएका प्रतिबादीहरुलाई पक्राउ गरेको हो । हातहतियार मुद्दामा फरार घिरिङ गाउँपालिका– २ निवासी ६६ बर्षीय उमानसिं कुमाललाई पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतबाट पाँच महिना २९ दिन कैद र रु.७ हजार पाँच सय जरिवाना र चार सय क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यसैगरी हातहतियार मुद्दामा सोही गाउँपालिका–२ निवासी ५८ बर्षीय अमनसिं कामी पक्राउ परेका छन् । अदालतले दुई महिना सात दिन कैद र रु.दुई सय क्षतिपूर्तिको फैसला सुनाएकोमा ६ महिना पछि पक्राउ गरेको हो । सोही वडा निवासी ५८ बर्षीय अमन बिश्वकर्मालाई पक्राउ गरेको छ । अदालतले दुई महिना सात दिन कैद,रु.तीन हजार जरिवाना र दुई सय क्षतिपूर्ति सुनाएपछि निज फरार हुदै आएका थिए । हतहतियार मुद्दाका तीनै जना प्रतिबादीलाई ६ महिना पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । त्यसैगरी, जारी मुद्दाका रहेका एक, कुटपिट मुद्दाका एक फरार सहित पाँच जनालाई तोकिएको जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij